१३ करोड घाटामा रिडी पावर, विद्युत विक्रि आम्दानी ३० करोड

अर्थकागज
प्रकाशित: २९ साउन २०८१
Image description

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी नोक्सानीमा देखिएको छ ।

असार मसान्तसम्ममा हाइड्रोपावरले बिद्युत बिक्रि लगाएत अन्यबाट ३० करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.८९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी ३७ करोड १२ हजार रुपैयाँ थियो।

समिक्षा अवधिमा कम्पनी १३ करोड ४५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ २५ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ४४ पैसा रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर