कुमारी बैंक सहित यी तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

अर्थकागज
प्रकाशित: २० फागुन २०८१
Image description

काठमाडौं । विभिन्न तीन कम्पनीहरूले संस्थापक शेयर बिक्रीमा राखेका छन्। सांग्रिला विकास बैंकले ४३ हजार १२६ कित्ता, कुमारी बैंकले २ हजार ९३६ कित्ता र गुर्खाज फाइनान्सले ९ हजार १४ कित्ता शेयर बिक्रीमा राखेका हुन्। जसमध्ये सांग्रिला र कुमारी बैंकको शेयर सर्वसाधारणले खरिद गर्न पाउनेछन् भने गुर्खाज फाइनान्सको शेयर सोही कम्पनीका संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। सांग्रिलाको शेयर खरिदका लागि १५ दिन तथा कुमारी र गुर्खाजको शेयर खरिदका लागि ३५ दिनको समयावधि तोकिएको छ। सांग्रिलाको शेयर किन्न बालुवाटारस्थित कम्पनीको केन्द्रीय कार्यालय, कुमारीको शेयर किन्न नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित बैंकको प्रधान कार्यालय र गुर्खाजको शेयर किन्न डिल्लीबजारस्थित मुख्य कार्यालयमा निवेदन दिनु पर्नेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर