छुट्ला दोर्दी खोला जलविद्युतको हकप्रद ? आज आवेदन दिने अन्तिम मौका

अर्थकागज
प्रकाशित: १३ वैशाख २०८२
Image description

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (वैशाख १४) अन्तिम दिन रहेको छ ।

कम्पनीले यसअघि चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म मात्रै आवेदन दिन पाउने भनेको थियो । तर केही शेयरधनीको आवेदन छुट भएको भन्दै सञ्चालक समितिको बैठकले समय थपेर वैशाख १२ देखि १४ गतेसम्म आवेदन दिन पाउने निर्णय गरेको थियो ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद खुला गरेको छ ।

दरखास्त फाराम भने कम्पनीको कर्पोरेट कार्यालय, त्रिपुरेश्वर, बक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल काठमाडौं वा सानिमा बैंकका विराटनगर, पर्सा, कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी, लमजुङमा पाइनेछ । सोही स्थानमा फाराम तथा रकम जम्मा गर्न सकिने बताइएको छ ।   हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपियाँ रहेकोमा हकप्रद निष्कासन र बाँडफाँटपछि २ अर्ब १० करोड ८५ लाख २० हजार रुपियाँ कायम हुनेछ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर