नेपाल एसबिआई बैंकको ३० औँ वार्षिक साधारण सभाको फोटो कथा !

अर्थकागज
प्रकाशित: १३ पुस २०८०
Image description

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभा आज अर्थात पौष १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको छ ।

भव्य र सभ्य रुपले सम्पन्न भएको सभाले ३.७५% बोनश सेयर र ६.८०% नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित ) गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/८० वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९/८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत ) छलफल गरी पारित गरेको छ । var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर