नेपाल फाइनान्सको ३३ औं वार्षिक साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: २८ पुस २०८२
Image description

काठमाडौं। नेपाल फाइनान्स लिमिटेडको ३३ औँ वार्षिक साधारणसभा आज नक्साल स्थित लिसारा रिसेप्सन, काठमाडौमा भव्यरुपले सम्पन्न भएको छ । फाइनान्सका संचालक समितिका अध्यक्ष हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक तथा लेखापरीक्षणको आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ । सोही सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी सभाले संस्थाको नियमावली संशोधन स्वीकृत गर्ने, संस्थाको नियमावली संशोधन गर्न अनुमति लिनु पर्ने निकायहरुबाट प्राप्त हुन आउने निर्देशन बमोजिम थपघट लगायएतको आवश्यक संसोधन गर्न संचालक समिलाई अख्तियारी दिने र   उपयुक्त कुनै बैंक तथा वित्तीय संंस्था एक आपसमा गाभ्ने/गाभिने तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्क गर्न मान्यता प्राप्त मुल्याङ्ककर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संस्था गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने, समझदारीपत्र तर्जुमा गर्ने, हस्ताक्षर गर्ने, अन्तिम सम्झौता तयारी पार्ने, हस्ताक्षर गर्ने लगाएका गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर