कान्स रेड कार्पेटमा सहभागी भए बालेन
प्रकाशित:
०५ जेठ २०८१
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह कान्स फिल्म फेस्टिभलको ७७ औँ शृङ्खलाको रेड कार्पेटमा सहभागी भएका छन् । प्रमुख शाह कालो दौरा–सुरुवाल, कालो कोट र भक्तपुरे कालै टोपीमा ठाँटिएर रेड कार्पेटमा सहभागी भएका हुन् ।
कान्स सहरका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पुग्नुभएका प्रमुख बालेनले फेस्टिभलकै क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशक एरिस क्लोनबोवसँग भेटवार्ता गर्नुभएको छ । विश्वकै उत्कृष्ट फिल्म फेस्टिभलका रूपमा कान्सलाई लिइन्छ ।
बिहीबार बेलुका कान्समा फ्रान्सिस फोर्ड कोप्पोलाको चलचित्रको प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा निर्देशक कोप्पोला, सुपर स्टार एडम ड्राइवर, बलिउड अभिनेतृ ऐश्वर्या राय पनि सहभागी भएका थिए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares