कुमार पृथुको ‘अदृश्य पीडाहरू’ नाट्य–सङ्ग्रह सार्वजनिक
प्रकाशित:
०४ भदौ २०८२
विराटनगर । विराटनगरमा आयोजित संवाद उत्सव कार्यक्रममा लेखक कुमार पृथुको नाट्य–सङ्ग्रह ‘अदृश्य पीडाहरू’ सार्वजनिक गरिएको छ।
यो कृति पृथुको पाँचौँ रचना हो, जसमा दृष्टिविहीनताको पीडा तथा त्यससँग सम्बन्धित सामाजिक यथार्थलाई गहिरो रूपमा प्रस्तुत गरिएको छ। पुस्तकमा मानव जीवनमा आँखाको महत्व, दृष्टि गुमाउँदा भोग्नुपर्ने वेदना, साथै परिवार र समाजले भोग्ने असरलाई अभिव्यक्त गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय केदार कार्की रहेका थिए। पुस्तक विमोचन समाजसेवी पारुल क्षेत्री, विवेक तिमिल्सिन्हा, कुमार भास्कर र हुसेन शेखलगायत व्यक्तित्वहरूले संयुक्त रूपमा गरेका थिए।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares