अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सोमबार बाँडफाँट


काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड हुने मिति तय भएको छ ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार सोमबार साँझ ५ बजे आईपीओ बाँडफाँट हुने भएको छ ।
कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ ।
कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको थियो ।
बाँकी १९ लाख ५३ हजार २७९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।
यस कम्पनीको आईपीओमा १३ लाख ४३ हजार २६ जनाले कुल १ करोड ५१ लाख ३२ हजार २१० कित्ताको लागि आवेदन दिएका छन् ।
जसमा १ लाख ९५ हजार ३२७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ४७ हजार ६९९ जनाको भने हात खाली हुनेछ ।
Shares