आज एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
प्रकाशित:
२२ असोज २०८२
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली असोज २४ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले २०८०÷८१ वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) गरि १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले कात्तिक १२ गते, बुधबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares