एक महिनामै १८ प्रतिशत बढ्यो घरजग्गा कारोबार

अर्थकागज
प्रकाशित: १४ कात्तिक २०८०
Image description

सरकारले जग्गा कित्ताकाट फुकुवा गरेसँगै काठमाडौँमा घरजग्गा कारोबारमा पनि वृद्धि आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार असोज महिनामा काठमाडौँमा घरजग्गा कारोबारमा वृद्धि भएको देखिएको छ ।

चालु आर्थिक वर्षको भदौ महिनामा काठमाडौँमा एक हजार ९५० को सङ्ख्यामा घरजग्गा कारोबार भएकोमा असोज महिनामा बढेर २ हजार ३१५ वटा घरजग्गाको कारोबार भएको छ ।

असोजमा भएको घरजग्गा कारोबार भदौको तुलनामा १८ प्रतिशतले बढी हो । साउनको तुलनामा भदौमा १० प्रतिशतले घरजग्गाको कारोबार बढेको थियो । साउनमा एक हजार ७६० को सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । गत वर्ष असोज महिनाको तुलनामा यस वर्षको सोही समयमा घरजग्गा कारोबार ४८ प्रतिशतले बढेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर