दोर्दी खोलाको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: ०७ वैशाख २०८२
Image description

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले चैत १९ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज वैशाख ८ गते अन्तिम दिन रहेको छ।

कम्पनीले विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गरेको हो। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गत फागुन १५ गते बुक क्लोज गरेको थियो। यसर्थ फागुन १४ गतेसम्म कायम शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर