आशा लघुवित्तको नाफा १६८.७६% बढ्यो, अन्य सुचकमा चमक

अर्थकागज
प्रकाशित: १६ वैशाख २०८३
Image description

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालू आवको चैत मसान्तसम्म १७ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाउन गर्न सफल भएको छ । जनु गत आवको चैत मसान्तसम्म ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सोही अवधिमा कम्पनीको नाफामा १६८.७६ प्रतिशत बृद्धि भएको छ ।

त्यसैगरी समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५० करोड ८० लाख रुपैयाँबाट २२.४६ प्रतिशतको वृद्धि सहित ६२ करोड २२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६१ करोड ६२ लाख रुपैयाँबाट २२.८५ प्रतिशतको वृद्धि सहित ७५ करोड ७० लाख रुपैयाँ पुगेको छ।

आम्दानी बढेसँगै सञ्चालन मुनाफा पनि ९ करोड ६६ लाख रुपैयाँबाट १५६.७३ प्रतिशतको उछाल सहित २४ करोड ८१ लाख रुपैयाँ नाघेको छ भने वितरणयोग्य मुनाफा ४ करोड ८५ लाख रुपैयाँबाट २०७ प्रतिशतको भारी उछाल सहित १४ करोड ९० लाख रुपैयाँ नाघेको छ।

चुक्ता पूँजी ८० करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड ४० लाख रुपैयाँ सञ्चिति छ। चैत मसान्तसम्म ग्राहकमा ११ अर्ब ३६ करोड ७७ लाख रुपैयाँ कर्जा परिचालन गरी ३ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको सम्पत्तिको कुल मूल्य १२ अर्ब ४ करोड रुपैयाँ नाघेको छ।

यता कम्पनीको प्रतिशेयर आम्दानी -ईपीएस) ११.९३ रुपैयाँबाट बढेर २९.२८ रुपैयाँ पुगेको छ भने खराब कर्जा -एनपीएल) पनि ४.९७ प्रतिशतबाट बढेर ९.८८ प्रतिशत पुगेको छ। प्रतिशेयर नेटवर्थ १६३.९२ रुपैयाँ रहेको यस कम्पनीको बेसरेट १०.८७ प्रतिशत रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर