राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा !
प्रकाशित:
१७ असोज २०८०
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएको छ ।राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै व्यक्तिगत र संस्थागत दुवैको लागि सीमा बढाएको हो ।
राष्ट्र बैंक अनुसार कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) १२ करोडलाई बढाएर १५ करोड कायम गरिएको छ ।
त्यसै गरी धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरिएको छ । यस अघि यो सीमा १२ करोड थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares