९९ प्रतिशतले घट्यो एनआईसी एशिया लघुवित्तको नाफा, खराब कर्जा १३ प्रतिशत नाघ्यो

अर्थकागज
प्रकाशित: २८ माघ २०८०
Image description

काठमाडौं । एनआईसी एशिया लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा लघुवित्तले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.२६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २७.८ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ८९.६२ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्तको खराब कर्जा बढेर १३.७६ प्रतिशतमा पुगेको छ गत बर्षको यहि अवधिमा संस्थाको खराब कर्जा ३.३८ प्रतिशतमा सिमित थियो ।

लघुवित्तको प्रतिशेयर आम्दानी १३ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ १५ पैसा रहेको छ । समिक्षा लघुवित्तको निक्षेप २.८७ प्रतिशतले बढेको छ भने र कर्जा लगानी भने ७.९५ प्रतिशतले घटेको छ । पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २६ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रियाहरू

Monika Kumari yadav

1 year ago

Job

सम्बन्धित खबर