आईसीएफसी फाइनान्सको १०.५२६३ प्रतिशत लाभांश घोषणा

अर्थकागज
प्रकाशित: १५ भदौ २०८३
Image description

काठमाडौं । आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर