द्वन्द्वग्रस्त इजरायलमा ३ हजार ४६१ केयरगिभर पठाउने प्रकृया शुरु
प्रकाशित:
१७ पुस २०८१
काठमाडौँ। वैदेशिक रोजगार विभागले द्वन्द्वग्रस्त इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) पठाउने प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा एक हजार जना पठाउने निर्णय अनुसार पुस १७ देखि २३ सम्म स्वास्थ्य परीक्षणको काम शुरु गरिएको छ । विभागका अनुसार अहिले पठाउन लागिएकाहरुमा ६ सय महिला र ४ सय पुरुष छन् । उनीहरूको छनौट इजरायल सरकारबाट आएका प्रतिनिधिहरुले गर्नेछन् ।
नेपाल सरकारका निकायहरुले छनौट गर्दा विवाद उत्पन्न हुने भएकोले विभागकै प्रस्तावमा इजरायलले आफै कामदार छनौट प्रकृया शुरु गरेको विभागका अधिकारीहरुले जानकारी दिएका छन् । इजरायली दूतावासले मेडिकल परीक्षणका लागि नेपाल मेडिसिटी अस्पताल,स्टार अस्पताल, हेम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र क्रिस्टल डायग्नोस्टिक प्रालिलाई छनोट गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares