यती एयरलाइन्सका यात्रु १००% असुरक्षित, २०२४ मा चढ्न नहुने तीन विश्वका एयरलाइन्स सूचीमा नेपालको यती एयरलाइन्स !
काठमाडौ । तपाई यती एयरलाइन्सबाट यात्रा गर्ने सोचमा हुनुहुन्छ ? यती एयरलाइन्सबाट यात्रा गर्दै हुनुहुन्छ भने तपाईको जीवन १०० प्रतिशत असुरक्षित भयो ? किन भने सन् २०२४ मा हवाई यात्रुहरुले चढ्न नहुने तीन विश्वका एयरलाइन्स सूचीमा नेपालको यती एयरलाइन्स परेको छ ।
टकरन्यूज डट कोले सोमबार सार्वजनिक गरेको सूचीअनुसार नेपालको यती एयरलाइन्स उक्त सूचीमा परेको छ ।
एयरलाइन्स रेटिङको तथ्यांकलाई आधार मानेर बनाइएको सूचीमा यती एयरलाइन्स पनि परेको हो । सात स्टारमा तीनभन्दा कम ल्याउने तीन एयरलाइन्समा यती परेको हो ।
समाचारमा उल्लेख गरिएअनुसार नेपालको यती एयरलाइन्स,इन्डोनेसियाको लायर एयर र पपुवा न्यू गीतिको पिएनजी एयर चढ्न नहुने तीन हवाई कम्पनीमा परेका हुन् ।
यतीबारेको व्याख्यामा नेपालको औसतभन्दा माथिको हवाई सुरक्षा भएपनि नेपालको जटिल भूबनोटदेखि यती एयरलाइन्सको घातक दुर्घटनाका इतिहासले गर्दा चढ्न नहुने भनेर व्याख्या गरिएको छ ।
हरेक वर्ष यती एयरलाइन्स दुर्घटना हुँदै आएको छ । पुराना एयरलाइन्स, त्यसमाथि पनि उचित मर्मत सम्हारको अभावको कारण दुर्घटाना हुँदै आएको छ । कम्पनीले भने नेपालको भरपर्दाे अग्रणी आन्तरिक एयरलाइन्स भन्दै नेपाली जनतालाई भ्रम छर्न सफल भएको छ ।
प्रतिक्रियाहरू
Dhruba Raj Chalise
9 months ago
नेपालको कुन एयरलाईन्स पो भरपर्दो छ र .... !
Dil Pahari
9 months ago
अझै संबन्धित निकायको ध्यान कता गएको होला ? हरेक ठाँउमा उपभोक्ता नै जोखिममा ।
Bakhat Budha
9 months ago
hamile varpardo yar lains chadnu parxa .septy hunu prxa janakari ko lagi thanks
भुपालराज खतिवडा
9 months ago
Not a good news for Nepali tourism sectors. Please take seriously and improve Yati airline survice !
Shares