कुन समुहको कस्तो कम्पनीको सेयर धितो राखेर बैंकबाट सेयर ऋण लिने ?
सेयर ऋण लिदा बैंकले १८० कारोबार दिनको औषत मुल्यलाइ आधार मानेर ऋण रकम निर्धारण गर्ने हुनाले निम्न कुराहरुलाइ ध्यानमा राख्न जरुरी हुन्छ।
१. १८० दिनको औषत मूल्य कै आसपास कम्पनीको बजार मूल्य रहेका कम्पनी छनौट गर्ने।यसले तपाईं लाई एकातिर थोरै मुल्यको सेयर धितो राखेर धेरै ऋण पाउन सक्नु हुन्छ भने अर्को तिर बुल बजारमा बजार मूल्य बढ्ने बढी सम्भावना पनि तिनै कम्पनीहरुको हुन्छ। कम्पनी छनौटको लागि लामो समय देखि बजार मुल्य बढ्न नसकेको समुह बाट हेर्न सक्नुहुन्छ।
२. धितोमा राखेको सेयर लामो समय होल्ड हुन सक्छ।धितो सेयरको लागत कम गर्दैजान कम्पनीको बोनस सेयर लाभदायक हुन्छ।यसको लागि कम्तीमा दोहोरो अंकको बोनस सेयर दिन सक्ने कम्पनीहरुको छनौट गर्ने। कम्पनी छनौटको लागि रिटेन अर्निङ(dps),पुजीको अनिवार्यता र कम्पनीको बिगतको बोनस सेयर इतिहासको सहयोग लिन सक्नुहुन्छ ।
Shares