तत्कालिन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ

अर्थकागज
प्रकाशित: २०८१-२-२८
Image description

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले तत्कालिन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठलाई पक्राउ गरेको छ । सिआईबीको टोलिले अध्यक्ष श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो ।

सिआईबीका प्रवक्ता होविन्द्र बोगटीले आज उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ पर्नेहरुमा बैंकका सञ्चालक समितिका सदस्य सुनिल कुमार न्यौपाने, गीता प्रधान, रोशनकुमार निरौला, मनबहादुर राई, राजेशकुमार दली र शिव रिसाल रहेका छन् ।

सीआईबीले यसअघि प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको थियो । तत्कालीन सेन्चुरी बैंकबाट कमसल धितो राखी दुई अर्ब रूपैयाँ बराबर ऋण प्रवाह गरेको पाइएपछि सेन्चुरी बैंकका तत्कालिन सीईओद्धय मनोज न्यौपाने र तुलसीराम गौतम सहित फागुन १५ गते ११ जना बैंकका कर्मचारीलाई पक्राउ गरेको थियो । उनीहरु चैत १ गते हाजिरी जमानीमा छुटेका थिए। त्यसैको अनुसन्धानको क्रमममा प्रहरीले आज थप ८ जनालाई नियन्त्रणमा लिएको प्रवक्ता बोगटीले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर