सन्दर्भ- ६७ औँ राष्ट्रिय सहकारी दिवस : एकता बिना सहकारी सफल नहुने

अर्थकागज
प्रकाशित: २१ चैत २०८०
Image description

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा मंगलबार भएको सहकारीको वर्तमान अवस्था र चुनौत िविषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सहकारीकर्मीहरुको एकता बिना सहकारीको अवधारण र संस्था फल नहुने बताएका छन् ।

त्रियुगा नगरपालिकाद्धारा सहकारीमा सुशासन प्रविधि र एकिकरण भन्ने मुलनाराका साथ आयोजित सो कार्यक्रममा समृद्धिकालागि सहकारी आवश्यक भए पनि सहकारीमा सहभागीहरुको मनोमालिन्यताले गर्दा र एकताको अभावमा सहकारीहरु समस्या ग्रस्त बन्दै गएको जिल्ला सहकारी संघ उदयपुरका अध्यक्ष चक्रमणी पोखरेलले बताए । 

त्रियुगा नगरपालिकाका वडा नं ३ का वडाध्यक्ष तथा कार्यवाहक नगरप्रमुख तिलक बहादुर कटुवालले समस्याग्रस्त सहकारीहरुको समस्या आपसी छलफलबाट समाधान गर्नु पर्नेमा जोड दिंदै समस्याहरुलाई बुँदागत रुपमा छलफल गरे निष्कर्षमा निकाल्नु पर्छ र समाधानको बाटोमा सबै एकीकृत भएर लाग्नु पर्ने बताए । 

त्रियुगा नगरपालिकाभित्र कुल १सय११ वटा सहकारी दर्ता भएको र ४२ वटा सहकारी निष्कृय रहेकोले खारेजीको कार्वाही तथ्याङ्क प्रस्तुत गर्दै त्रियुगा नगरपालिकाका सहकारी तथा उदम विकास अधिकृत विश्वजीत राईले नगरपालिकाले समस्या ग्रस्त सहकारीहरुको बारेमा र समाधानकालागि भएका पहलका बारेमा सहकारीहरुको वर्तमान अवस्था र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्रियुगाका सहकारीहरुले नियम कानुन विपरित काम गरेको उजुरी परेमा कानुनी कार्वाही गर्ने जानकारी दिंदै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीले हामी सहकारीमा परम्परादेखि संलग्न हुँदै आएको तर अहिले आएर केही विकृति देखिएको हो विकृतिका बारेमा उजुरी परेमा छानविन गरी दोषी उपर कार्वाही गरिने बताए ।

त्रियुगा नगरपालिकाभित्र बचत ताथ ऋण सहकारी दुग्ध उत्पादक, कृषि सहकारी र बहुउद्देशिय सहकारी दर्ता भएकोमा कुल ५६ करोड ५४ लाख ३० हजार ऋण लागानी, बचत ५५ करोड १६ लाख४८ हजारको कारोबार सहकारीले गरेको र सेयर सदस्य १ लाख ६ हजार ५सय२२ जना रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । 

नेपालमा कुल जम्मा सहकारी संख्या ३ज्ञ हजार घ सय ७३ मध्ये २३ हजार सहकारी स्थानीय तहको कार्यक्षेत्रमा परेको, सहकारीमा सहभागि कुल सदस्य संख्या ७३ लाख ८१ हजार २ सय १८ रहेका छन् । कुल सेयर पुँजी ९४ अर्ब १५ करोड, कुल बचत परिचालन ४ खर्ब ७८ अर्ब ३ करोड रहेको छ भने कुल ऋण लगानी ४ खर्ब २६ अर्ब ३५ करोड रहेको र सहकारीमा कुल रोजगारी ९३ हजार ७ सय ७१ जनाले पाएको तथ्याङ्क सो अन्तरक्रिया कार्यक्रममा सहकारी ताथ उद्यम अधिकृत राईद्धारा प्रस्तुत गरिएको थियो । 

 ६७ औँ राष्ट्रिय सहकारी दिवस ः एकता बिना सहकारी सफल नहुने

प्रतिक्रियाहरू

सम्बन्धित खबर