एनएलजी इन्स्योरेन्सको लिलामी सेयर बिक्रि खुल्ला, कति कित्तासम्म दिन पाईन्छ आवेदन ?

प्रकाशित:
२० माघ २०८१

काठमाडौं । एनएलजी इन्स्योरेन्सले आजदेखि ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर रहेको छ ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा संस्थापक समूहमा न्यूनतम १० हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares