सानिमा माई हाइड्रोपावरको साधारणसभा कार्तिक २३ गते


काठमाडौं । सानिमा माई हाइड्रोपावरले कार्तिक २३ गते साधारणसभा बोलाएको छ । साधारणसभाले १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले जुमखोला जलविद्युत आयोजना (५६मेवा)को प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको सेयरमा अधिकतम १ अर्ब ५० करोड रुपैयाँसम्म लगानी गर्ने, लगानीका लागि प्रवर्द्धक कम्पनी र सम्बन्धित पक्षहरुबीच सम्झौता गर्ने प्रस्ताव पारित गर्नेछ। जुमखोला जलविद्युत आयोजनाको बैंक र्जा प्रयोजनका लागि प्रचलित कानुनले तोकेको सीमाभित्र रही संस्थागत जमानत दिने सम्बन्ध दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही असोज २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
Shares