साउनमा श्वेत–गंगा हाइड्रोको लकइन अवधि सकिँदै

अर्थकागज
प्रकाशित: १० असार २०८२
Image description

काठमाडौं । श्वेत–गंगा हाइड्रो एण्ड कन्स्ट्रक्सन लिमिटेडको लकइन अवधि आउने साउन १७ गते समाप्त हुनेछ । कम्पनीको ९६ लाख कित्ता बढी सेयरको लकइन अवधि सकिने लागेको हो ।

कम्पनीको संस्थापकले धारण गरेको ७३ लाख कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको १५ लाख ९३ हजार कित्ता र कम्पनीका कर्मचारीसँग रहेको ७ लाख ९६ हजार ५ सय कित्ता गरि कुल ९६ लाख ८९ हजार ५ सय कित्ता सेयरको लकइन अवधि खुल्न लागेको हो ।

सार्वजनिक निष्काशन गरि सेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् । कम्पनीका संचालकले भने शेयर बिक्री गर्न पाउने छैनन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर