घट्यो पेट्रोल डिजेल र मट्टीतेलको मूल्य
प्रकाशित:
१५ भदौ २०८१
पेट्रोलियम पदार्थको मूल्य घटेको छ। पेट्रोल डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटेको नेपाल आयल निगमले जनाएको छ।
निगमकाअनुसार पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले घटेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर एक रुपैयाँले घटेको छ। त्यस्तै आन्तरिक हवाई उडान इन्धन तर्फ प्रति लिटर ५ रुपैयाँले घटेको छ भने अन्तराष्ट्रिय हवाई इन्धन तर्फ प्रति किलो लिटर अमेरिकी डलर ३७ ले गतेको छ।
तर एलपी ग्यासको प्रति सिलिन्डर ३५ रुपैयाँ ११ ले बढेर आएको भएपनि मुल्य यथावत राखिएको छ। निगमकाअनुसार घटेको मूल्य भदौ १५ गते मध्यरातिदेखि लागू हुनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares