खराब कर्जा घटेसंगै गुराँस लघुवित्तको नाफामा उछाल, ईपिएस २५.६१ रुपैयाँ
काठमाडौं । गुराँस लघुवित्त वित्तिय संथा लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा संथाको खुद नाफामा उछाल देखियको छ ।
असार मसान्तसम्ममा संथाले २ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४४९.११ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाको यस्तो नाफा १६ लाख ७६ हजार रुपैयाँमा सिमित थियो। यो अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी २२.४४ प्रतिशत बढेको छ भने सञ्चालन नाफा १४१७ प्रतिशतले बढेको छ।
नाफासँगै संस्थाको प्रतिशेयर आम्दानीमा पनि वृद्धि आयको छ। समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी बढेर २५ रुपैयाँ ६१ पैसा पुगेको छ। असार मसान्तसम्ममा संस्थाको प्रतिशेयर नेटवर्थ १४६ रुपेयाँ ५२ पैसा रहेको छ भने मूल्य अनुपात ७१.१२ गुणा रहेको छ। संस्थाको खराब कर्जा घटेर २.४६ प्रतिशतमा झरेको गत आर्थिक वर्षमा संस्थाको खराब कर्जा ६.३६ प्रतिशत रहेको थियो ।
Shares