माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि सर्वसाधारणलाई आइपीओ खुला गर्ने


काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको साधारण सेयर (आईपीओ) असोज १८ गते बिक्री खुला हुने भएको छ ।
कम्पनीले १२ लाख ८४ हजार २ सय कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । यसमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुले नकिनेको ९ हजार २ सय कित्ता समेत रहेको छ ।
कम्पनीले १५ लाख कित्तामध्ये सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता र सामूहिक लगानी कोषहरुलाई ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर जारी गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले जारी गर्ने आईपीओको प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ रहेको छ ।
कम्पनीले निश्कासन गर्ने आर्ईपीओमा लगानीकर्ताले असोज २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यति यो समयमा आईपीओ नबिकेको खण्डमा कम्पनीले कात्र्तिक २ गतेसम समय थप हुनेछ । यस कम्पनीको आईपीओको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
Shares