नेपाल स्काउटमा आमरण अनसन, अनसनरत लिडरहरुको स्वास्थ्य अवस्था नाजुक
काठमाडौं । पछिल्लो समयमा नेपाल स्काउटमा बढ्दै गएको अनियमितता तथा भ्रष्टाचारको छानविन हुनुपर्ने भन्दै नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक देवदूत अधिकारीको संयोजकत्वमा स्काउट शुद्धिकरण अभियान सञ्चालन भएको छ । शुद्धिकरण अभियानकर्ताहरुले संस्थागत हितका लागि भन्दै आन्दोलनका विभिन्न चरणहरु सञ्चालन गरिसकेको र मन्त्रालयबाट कुनै जवाफ नआएपछि बाध्य भएर आमरण अनसनमा नै जानु परेको बताएका छन् । नेपाल स्काउट, राष्ट्रिय प्रधान कार्यालयमा कार्यरत रामप्रसाद भट्टराईको मनोमानी,अनियमितता तथा भ्रष्टाचारमाथि छानविन हुनुपर्ने माग राख्दै सुरु गरेको आमरण अनसनको आज छैठौं दिन वितिसक्दा पनि तालुकदार मन्त्रालयको तदारुकता नदेखिएको आरोप आन्दोलनरत एक स्काउटरले लगाए । कानुन मिचेर विधिको शासनलाई मुठ्ठीमा पार्दै बालबालिका तथा युवाको क्षेत्रमा काम गरिरहेको नेपाल स्काउटको छविलाई धमिल्याउने प्रयास निर्देशक भट्टराईले गरेको हुँदा संस्थागत सुशासनका लागि भट्टराईलाई निलम्बन गर्नुपर्ने आन्दोलनरत स्काउटरहरुको माग रहेको छ ।
सुशासनका लागि आमरण अनसनमा रहेका स्काउट शुद्धिकरण अभियानका संयोजक देवदूत अधिकारी र स्काउटर पवनको आज छैठौं दिनसम्म आइपुग्दा स्वास्थ्य अवस्था निकै नाजुक बनेको छ । आन्दोलनरत स्काउटरको मागलाई छिटोभन्दा छिटो सम्बोधन गरी अनसरत स्काउटरको ज्यान बचाउन सम्पूर्ण स्काउटरले सरोकारवाला निकायलाई अनुरोध गरेका छन् ।
प्रतिक्रियाहरू
Narayan Nepal
1 year ago
तुरुन्त माग पूरा हुनुपर्छ , स्काउट गुरुहरूको जीवन रक्षा गर्नुपर्छ , बेथिति हट्नु पर्छ ।
अनुज प्रधान
1 year ago
यक कर्मचारी लाई बचाउन सच्चा स्काउट को ज्यान को मतलब नगर्ने खेल्कुद मन्त्री राजिनामा दे
अनुज प्रधान
1 year ago
यक कर्मचारी लाई बचाउन सच्चा स्काउट को ज्यान को मतलब नगर्ने खेल्कुद मन्त्री राजिनामा दे
Shares