नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

अर्थकागज
प्रकाशित: १५ वैशाख २०८१
Image description

काठमाडौं । अब नेपालीहरुलाई चीन जाँदा भिसा शुल्क नलाग्ने भएको छ । चीनले आगामी मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा निःशुल्क दिन लागेको हो । चिनियाँ दूतावासले आइतबार बिहान एक सूचना जारी गर्दै नियमितर्फको भिसा शुल्क तिर्नुनपर्ने जनाएको हो । यता, एक्सप्रेस–२ र एक्प्रेस–१ भिसाका लागि भने क्रमशः २ हजार ७ सय र ४ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै समूहतर्फ एक्सप्रेस–२ र एक्प्रेस–१ भिसा क्रमशः १ हजार ३ सय ५० र २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर