सान्भी इनर्जीको आईपीओ भर्नुभयो ? आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १८ वैशाख २०८२
Image description

काठमाडौं । सान्भी इनर्जी लिमिटेडले निश्कासन गरेको आईपीओ भर्नुभयो ? नभरेको भए आजै भर्नु होला । किन कि आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ५ गतेदेखि निष्कासन गरेको पहिलो चरणको आईपीओमा आज वैशाख १९ गते आवेदन दिने अन्तिम दिन तोकिएको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० सय अंकित दरका ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावितका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो ।

आयोजना प्रभावितका लागि छुट्याइएको शेयरमा इलाम नगरपालिका वडा नम्बर १०, माईजोगमाई गाउँपालिका वडा नम्बर १, ३ र ४, सूर्योदय नगरपालिका वडा नम्बर १० र ११ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

पहिलो चरणको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा २६ लाख १९ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर