अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीआको लक्की नम्बर २, कसरी हेर्ने रिजल्ट ?

अर्थकागज
प्रकाशित: २९ साउन २०८०
Image description

काठमाडौं । (आज) आइतबार बाँडफाँड भएको अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीआको लक्की नम्वर २ रहेको छ ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको अनुसार काजीको किचेन बत्तिसपुतलीमा बाँडफाँट भएको हो । लगानीकर्ता एमव् आईपिओ बाजे भनेर चिनिने लक्ष्मण श्रेष्ठ बल तानेका थिए । श्रेष्ठको अनुसार आईपीओको लक्की नम्वर ४ रहेको छ । माग भन्दा धेरै आवेदन परेकाले आईपीओ बाँडफाँड गोलाप्रथाबाट भएको थियो ।

कम्पनीले १९ लाख ५३ हजार २७९ कित्ता सेयर जारी गरेको थियो । कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म जारी गरिएको आईपीओमा १३ लाख ६१ हजार १५४ जना आवेदकले आवेदन दिएका थिए । ती मध्ये १२ लाख ८९ हजार २८५ जना आवेदकले आवेदन सदर भएको छ । बाँकी ५ हजार ६८९ जनाको आवेदन रद्द भएको छ ।

कसरी हेर्ने रिजल्ट ?

कम्पनीको आईपीओको नतिजा एनआइसी एसिया क्यापिटलको वेबसाइट र मेरो सेयरको आईपीओ रिजल्टको वेबसाइटबाट हेर्न सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर