मौसममा सुधार भएसँगै बन्द गरिएका सडक खुलाउने तयारी

अर्थकागज
प्रकाशित: १८ असोज २०८२
Image description

काठमाडौँ । मौसममा सुधार हुने संकेतसँगै बन्द गरिएका सडकहरु अवस्था हेरेर सुचारु गर्ने तयारी गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार भएको र काठमाडौँबाट नारायणघाट तथा पोखरा जाने सवारी साधन संचालन अनुमति दिने सरकारले तयारी गरेको छ । यसअघि सरकारले बाढी र पहिरोको उच्च जोखिम भएको भन्दै तीन दिनका लागि काठमाडौँबाट बाहिरने र भित्रिने सवारी आवागमन पुर्णरुपमा बन्द गरेको थियो ।

नागढुंगादेखि मुग्लिनमा घोप्टे भीर र कृष्ण भीर नजिकैको पहिरो हटाएर सडक तयारी अवस्थामा बनाइदै छ भने नारायणघाट मुग्लिन सडक तथा मुग्लिन पोखरा सडक भने अवरोध छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर