चालु आर्थिक वर्षमा २२ अर्ब १६ करोड रुपैयाँ बीमा दाबी भुक्तानी हुन बाँकी

प्रकाशित:
०१ जेठ २०८१
.png)
नेपाल बीमा प्राधिकरणले चालु आर्थिक बर्षको चैत्र मसान्त सम्ममा जीवन र निर्जीवन बीमा गरी कुल २२ अर्ब १६ करोड रुपैयाँ बीमा दाबी भुक्तानी हुन बाँकी रहेको जनाएको छ ।
प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको चैत्र मसान्त सम्ममा जीवन बीमातर्फ १ अर्ब ५१ करोड रुपैयाँ र निर्जीवन बीमातर्फ २० अर्ब ६५ करोड गरी कुल २२ अर्ब १६ करोड रुपैयाँ बीमा दाबी फस्र्यौट गर्न बाँकी रहेको जनाएको छ ।
त्यस्तै गत आर्थिक वर्षमा भने जीवन बीमातर्फ करिब १ अर्ब २२ करोड रुपैयाँ र निर्जीवन बीमातर्फ ३२ अर्ब ३२ करोड गरी कुल ३३ अर्ब ५४ करोड बीमा दाबी फस्र्यौट हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares