गरिमा विकास बैंक ‘The HRM Awards for Corporate Excellence 2024’ बाट सम्मानित


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले प्रतिष्ठित ‘The HRM Awards for Corporate Excellence 2024’ प्राप्त गरेको छ। कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्ने उक्त अवार्ड समारोहमा यस वर्ष २२ विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।
गरिमा विकास बैंकलाई “Excellence in Human Resource Development, Corporate Governance & Sustainable Growth” विधामा सम्मानित गरिएको हो। २०८१ फागुन १३ गते, मंगलबार ललितपुरस्थित ‘द प्लाजा’ मा आयोजित उक्त समारोहमा गृहमन्त्री रमेश लेखक प्रमुख अतिथि हुनुहुन्थ्यो।
उक्त अवार्डका जुरी सदस्यहरूमा प्रो. डा. फत्त बहादुर के.सी. (जुरी चिफ), सशिन जोशी (फोनपे पेमेन्ट सोलुसन प्रा.लि. का अध्यक्ष तथा पूर्व बैंक सीईओ), सरिता अधिकारी (नेपाल राष्ट्र बैंककी पूर्व निर्देशक) र वरिष्ठ पत्रकार दिल भुषण पाठक रहनुभएको थियो। गरिमा विकास बैंकका अनुसार, यो सम्मानले बैंकलाई आफ्ना ग्राहकहरूलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्न थप उत्प्रेरित गरेको छ।
हाल बैंकले देशभर १२३ शाखा, १ एक्स्टेन्सन काउन्टर, ५० एटिएम तथा नवीनतम डिजिटल बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरूलाई सहज र प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ।
Shares