नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँड !
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले निश्कासन गरेको आईपीओको आज बाँडफाँड सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको केन्द्रिय कार्यालयमा ८ : ३० बजे आईपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीको आईपीओमा कुल १८ लाख १७ हजार १ सय ४८ जनाले आवेदन दिएका थिए। जस मध्ये कुल १८ लाख ६ हजार ७ सय ६२ जनाको आवेदन मात्र सदर भएको छ। माग भन्दा बढीको आवेदन परेकोले सदर आवेदकलाई समावेश गरि गोलाप्रथाबाट शेयर बाँडफाँड भएको छ। जसमा कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो । कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको थियो ।
सो पछि बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
प्रतिक्रियाहरू
kajiman tamang
1 year ago
Paro
Raj Deo Mandal Khatwe
1 year ago
Kati kita paryo
Nam bahadur rawal
1 year ago
Kasari herne ipo
Pradeep K.c
1 year ago
Results
Prem raj limbu
1 year ago
Ipo result
Shares