सिद्धार्थ बैंकको नाफामा सामान्य गिरावट, ईपिएस कति ?

अर्थकागज
प्रकाशित: २० साउन २०८१
Image description

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा सामान्य गिरावट देखियको छ ।

असार मसान्तसम्ममा बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा खुद नाफा ३ अर्ब १६ करोड थियो ।

यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशतले घटेको छ भने सञ्चालन आम्दानी पनि ६.१० प्रतिशतले घटेको छ। गत आर्थिक बर्षको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ६६ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमता २.६० रुपैयाँ रहेको छ । ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको ईपिएस घटेर २१ रुपैयाँ ४० पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.२२ गुणा रहेको छ। बैंकको खराब कर्जा बढेर २.२२ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा २.०१ प्रतिशत रहेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर