डलरको मूल्यले फेरि बनाउन थाल्यो रेकर्ड
काठमाडौं । नेपाली बजारमा डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। डलरको मूल्यले पछिल्लो दुई दिनदेखि निरन्तर नयाँ रेकर्ड बनाउने क्रममा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार डलरको बिक्रीदर १३६ रुपैयाँ २३ पैसा र खरिददर १३५ रुपैयाँ ६३ पैसा रहेको छ। यो डलरको हालसम्मको उच्च मूल्य हो। यस अघि हिजो (बुधबार) डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। हिजो डलरको बिक्रीदर १३६ रुपैयाँ १४ पैसा रहेको र खरिददर १३५ रुपैयाँ ५४ पैसा थियो। अघिल्लो दिनको तुलनामा यस दिन डलरको मूल्य ९ पैसा बढेको हो।
बिहीबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ शून्य एक पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ ८७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १० पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा कायम भएको छ।
राष्ट्र बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७ रुपैयाँ नौ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ नौ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ।
Shares