हाथवे इन्भेष्टमेन्टको आईपीओको लक्की नम्वर ४ ! रिजल्ट कसरी हेर्ने ?

अर्थकागज
प्रकाशित: २४ साउन २०८०
Image description

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आइपीओ (आज) बिहीबार बाँडफाँड भएको छ । लगानीकर्ता एमव् आईपिओ बाजे भनेर चिनिने लक्ष्मण श्रेष्ठ बल तानेका थिए । श्रेष्ठको अनुसार आईपीओको लक्की नम्वर ४ रहेको छ ।  आईपीओ बाँडफाँड गोलाप्रथाबाट भएको थियो । 

ग्लोबल आईएमई क्यापिटलको नक्साल स्थित क्यापिटलको आफ्नै कार्यालयमा सेयर बाँडफाँड  भएको हो ।   

कम्पनीले साउन ४ देखि साउन १८  गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रति कित्ता ५० रुपैयाँ मै आईपिओ निष्काशन गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको हो ।

अब कम्पनीले सर्वसाधारणलाई  आईपीओ जारी गर्नेछ  । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५०  कित्ता सेयर निष्काशन गर्ने छ । 

नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई सेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो सेयरको प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको आईपिओ प्रति कित्ता ५० रुपैयाँ मै आएको हो ।

कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने छ । कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनी चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।  

कसरी हेर्ने रिजल्ट ? 

कम्पनीको आईपीओको नतिजा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट र मेरो सेयरको आईपीओ रिजल्टको वेबसाइटबाट हेर्न सकिनेछ ।     


प्रतिक्रियाहरू

सम्बन्धित खबर