नेत्रज्योति दिवसका अवसरमा बाल सेवा फाउन्डेशनमा निःशुल्क आँखा परिक्षण
काठमाडौं । नेपाल नेत्रज्योति संघको ४७ औं स्थापना दिवसका अवसरमा काठमाडौं बानेश्वमा रहेको नेपाल बाल सेवा फाउन्डेशनमा रहेका बालबालिकाहरुको निःशुल्क आँखा परिक्षण गरिएको छ ।
नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यालय तथा जिल्ला शाखा काठमाडौंको आयोजना तथा किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।
नेपाल नेत्रज्योति संघ काठमाडौं शाखाका सभापति हुकुम प्रसाद पोखरेलका अनुसार फाउन्डेशमा रहेका ५१ जना बालबालिकाहरुको आँखा परिक्षण गरिएकोमा दृष्टिदोषको समस्या देखिएका १२ जनालाई चस्मा र अन्य समस्या देखिएका ९ जनालाई औषधी समेत निःशुल्क वितरण गरिएको थियो भने अन्य समस्या देखिएका २ जनालाई अस्पताल समेत रेफर गरिएको छ ।
संघकी बोर्ड सेक्रेटरी सबिता के।सीका अनुसार उक्त अवसरमा फाउन्डेशनमा आश्रित बालबालिकाहरुलाई खाजा समेत वितरण गरिएको थियो ।
नेपाल नेत्रज्योति संघका ४५ जिल्ला शाखा, २८ आँखा अस्पतालहरुले देशैभरी आज विभिन्न कार्यक्रमहरु आयोजना गरी ४७ औं नेत्रज्योति दिवस मनाएका छन् ।
प्रतिक्रियाहरू
* * * <a href="https://ramjankidhamayodhya.com/index.php?zlagmx">Unlock Free Spins Today</a> * * * hs=e434dcf64a031f541c8385e1bff3cab3* ххх*
10 months ago
mcjhxm
* * * Snag Your Free Gift: https://ramjankidhamayodhya.com/index.php?zlagmx * * * hs=e434dcf64a031f541c8385e1bff3cab3* ххх*
10 months ago
mcjhxm
Shares