सिंगटी हाईड्रो इनर्जीले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
एक कार्यक्रमका बीच सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक साधारणसभाबाट चुक्ता पूँजीको १ः१ को अनुपातमा रू।१०० अंकित दरका ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो ।
कम्पनीले उक्त निष्काशनबाट प्राप्त रकम ६१.११ मेगावाट क्षमताको नारखोला जलविद्युत आयोजना, ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गर्न प्रयोग गर्ने कम्पनीका प्रबन्ध संचालक खड्काले जानकारी दिए ।
Shares