आईपीओ जारी गर्दै व्हाइट लोटस पावर, दियो धितोपत्र बोर्डमा आवेदन

अर्थकागज
प्रकाशित: ०५ साउन २०८२
Image description

काठमाडौं । व्हाइट लोटस पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले असार ३१ गते बोर्डमा आवेदन पेश गरेको हो। प्रस्तावित आईपीओमा कम्पनीले १२ करोड १९ लाख रुपैयाँ बराबरको १२ लाख १९ हजार कित्ता सेयर निष्काशन गर्न चाहेको हो। बोर्डको स्वीकृति पाएपछि मात्र सार्वजनिक निष्काशन प्रक्रिया अघि बढ्नेछ।

यस आईपीओको बिक्री व्यवस्थापकका रूपमा नेपाल एसबिआई मर्चेन्ट रहनेछ। कम्पनीले लमजुङमा ६.८२ मेगावाट क्षमताको हिदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर