कुथेली बुखरी स्मल हाइड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: २६ पुस २०८१
Image description

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १३ औं बार्षिक साधारणसभा आज काठमाडौं ब्याङ्क्वेट, थापागाउँ, नयाँ बानेश्वरमा भव्य रुपले सम्पन्न भएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नुको साथै निजको पारिश्रमिक समेत तोकिएको छ । सभाले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी बृद्धि गर्ने बारे र सोही बमोजिम कम्पनीको प्रबन्धकपत्रको दफा ६ (ग) मा संशोधन गर्ने, कम्पनीको थप परियोजनाको लागि बैंक वित्तीय संस्थाबाट थप ऋणको रकम लिने प्रस्ताव स्वीकृत गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका केही दफा/नियमहरुको संशोधन स्वीकृत गर्ने तथा उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरबदल, परिमार्जन वा संशोधन गर्न सुझाव वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक फेरबदल, परिमार्जन वा संशोधन गर्न संचालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गरेको छ । सभाबाट संचालक समितिमा सुजन कुमार श्रेष्ठ, नारायण बहादुर कार्की, सरोजकाजी श्रेष्ठ, सुमित्रा खरेल र नबीन माकाजु निर्वाचित भएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर