पिपुल्स पावरको सेयर मूल्य समायोजन
प्रकाशित:
०१ असार २०८२
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पिपुल्स पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले कम्पनीको ५० प्रतिशत हकप्रद समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य ३६१ रुपैयाँ १३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा कम्पनीको अन्तिम सेयरमूल्य ४९१ रुपैयाँ ७० पैसा कायम भएको थियो।यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares