करोडौं काण्डमा प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ
काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । उनी सेञ्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । उनी तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सीईओ थिए । उनीसँगै सेञ्चुरी बैंकका पूर्वसीईओ तुल्सीराम गौतम पनि पक्राउ परेका छन् ।
उनीहरूसँगै १० जनालाई सीआईबीले नियन्त्रणमा लिएको छ । नेपाल राष्ट्र बैंकले उनलाई पक्राउ गर्नका पत्राचार गरेपछि सीआईबीले पक्राउ गरेको बुझिएको छ ।
उनीहरूले कमसल धितो राखेर बैंकिङ कसुर गरेको बताइएको छ । सेञ्चुरी बैंक र प्रभु बैंकबीच मर्जर भएपछि उनी डीसीईओ बनेका हुन् ।
प्रतिक्रियाहरू
Krishnaraj silwal
2 years ago
यस्काे फटाईले सिइअाे गाैतम फसे।मैले त्यही बेला गाैतम सरलाई तपाईं हाेसियार हुनु है, यी मानिस डेण्जर छन भनेकाे त थिए।
Shares