३ कम्पनीको बोनस नेप्सेमा सुचिकृत, कुनको कति ?

अर्थकागज
प्रकाशित: २४ फागुन २०८०
Image description

नेपाल स्टक एक्सचेज(नेप्से) मा आज विभिन्न ३ कम्पनीहरुको बोनस सेयर सुचिकृत भएको छ । आज युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स र जीवन विकास लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट लागि युनाइटेड अजोड इन्स्योरेन्स दिएको १०.२६१२ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । जस अनुसार आज कम्पनीको थप १९ लाख ५४ हजार ३२० कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ ।

त्यस्तै हिमालयन एभरेस्ट इन्स्योरेन्स दिएको ८.६३ प्रतिशत बोनस सेयर बापतको १९ लाख ८६ हजार २२४ कित्ता सेयर नेप्सेमा थपिएको छ त्यसैगरी जीवन विकास लघुवित्तले दिएको १४ प्रतिशत बोनस सेयर बापतको १६ लाख ५४ हजार ८४७ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो ।

प्रतिक्रियाहरू

Ranji Ray yadav

1 year ago

JBLB ko 2078/079 ko 14.285% & 2079/080 ko 14% Bonus share kodasmalav(.point) joda 1 bonus share arthat 3 bonus share hun6. Company ko computer ma point chhaina ki? Jankari pau.

सम्बन्धित खबर