नेपालमा MAXUS TERRON 9 सार्वजनिक, पहिलो ५० जनालाई ८८ लाख मै उपलब्ध

अर्थकागज
प्रकाशित: ०६ साउन २०८३
Image description

नेपालका लागि MAXUS सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्स प्रा.लि. ले प्रिमियम इलेक्ट्रिक फोर ह्विल ड्राइभ पिकअप MAXUS TERRON 9 Comfort नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको विशेष सुरुवाती मूल्य रु. ८८,००,००० तोकेको छ । यो मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुनेछ।

कम्पनीका अनुसार शक्तिशाली प्रदर्शन, लामो रेन्ज, आरामदायी यात्रा र व्यावहारिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको TERRON 9 Comfort दैनिक यात्रा, लामो दूरीको ड्राइभ, आउटडोर एडभेन्चर तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त छ । गाडीमा १०२.२ kWh क्षमताको ब्याट्री जडान गरिएको छ, जुन नेपालकै सबैभन्दा ठूलो क्षमता भएको ब्याट्री प्याक हो। जसले एकपटक पूर्ण चार्ज गर्दा NEDC मापदण्डअनुसार ५६० किलोमिटरसम्मको रेन्ज दिन्छ । यसले ११५ kW सम्मको DC फास्ट चार्जिङ सपोर्ट गर्छ र ब्याट्रीलाई करिब ४२ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्पनीले भनेको छ ‘eTERRON 9 Comfort मा अगाडि १२५ kW र पछाडि २०० kW क्षमताका दुईवटा इलेक्ट्रिक मोटर छन् । यसले कुल ७०० Nm टर्क उत्पादन गर्छ । गाडीले केवल ५.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ ।’

हिमालय मोट्रक्स प्रा.लि.का प्रतिनिधिले भने, “MAXUS eTERRON 9 Comfort ले लामो इलेक्ट्रिक रेन्ज, शक्तिशाली फोर-विल ड्राइभ क्षमता सहित उच्च हिमाली क्षेत्र, हिलो सडक, ढुङ्गे सडकमा चलाउन मिल्ने मोडहरू भएको उच्च सुरक्षा र आरामलाई एउटै गाडीमा समेटेको छ ।”

कम्पनीका अनुसार MAXUS eTERRON 9 Comfort ले १,०५० केजीसम्म सामान बोक्न सक्छ भने यसको ब्रेकसहितको टोइङ क्षमता ३,५०० केजीसम्म रहेको छ । यसको कार्गो बक्सको आकार १,५६९ मिमि × १,५०० मिमि x ५३५ मिमि रहेको छ । यसमा व्यावसायिक सामान, यात्रा सामग्री तथा दैनिक प्रयोगका विभिन्न सामग्री सजिलै राख्न सकिन्छ ।

गाडीमा विभिन्न प्रकारका सडक र भू-भागमा सहज रूपमा चलाउन सहयोग गर्ने All-Terrain System (ATS) दिइएको छ । यसले ५४५ मिमि गहिराइसम्मको पानीमा चल्न सक्ने क्षमता राख्छ । गाडीको एप्रोच एंगल २९ डिग्री र डिपार्चर एंगल २५ डिग्री रहेको कम्पनीले जनाएको छ। डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टी-लिक इन्डिपेन्डेन्ट रियर सस्पेन्सनले नेपालको फरक-फरक सडक अवस्थामा पनि आरामदायी र स्थिर यात्रा प्रदान गर्न सहयोग गर्ने कम्पनीले उल्लेख गरेको छ।

पाँचजना यात्रुका लागि तयार गरिएको eTERRON 9 Comfort को क्याबिन फराकिलो र आधुनिक छ। यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन गरी दुईवटा स्क्रिन उपलब्ध छन् ।

गाडीका मुख्य सुविधा:

Apple CarPlay Android Auto

• अटोमेटिक एयर कन्डिसनिङ

• ६ तरिकाले मिलाउन सकिने इलेक्ट्रिक ड्राइभर सिट

• मल्टिफड्सन माइक्रोफाइबर लेदर स्टेयरिङ हिवल

• पछाडिका यात्रुका लागि एसी आउटलेट

• USB र Type-C चार्जिङ पोर्ट

• चाबी ननिकाली गाडी खोल्न र स्टार्ट गर्न सकिने सुविधा

• अटोमेटिक हेडलाइट र वाइपर

• बाहिरी विद्युतीय उपकरण चलाउन मिल्ने Vehicle-to-Load सुविधा

• वन-टच पावर विन्डो

कम्पनीका अनुसार MAXUS eTERRON 9 ले प्रतिष्ठित Euro NCAP बाट फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । जुन रेटिङ नेपालमा आयातित कमै सवारी साधनले मात्र प्राप्त गरेका छन् । यसले गाडीको बलियो सुरक्षा क्षमता तथा

यात्रुको सुरक्षाका लागि प्रयोग गरिएको आधुनिक प्रविधिलाई देखाउँने कम्पनीले जनाएको छ । साथै बिक्रीपछिको सेवाका लागि नेपालभर ६ प्रमुख सहरहरूमा यसको सर्भिस आउटलेटहरू उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर