मुग्लिन नारायणगढ सडक करिब ५४ घण्टापछि दुइतर्फी खुल्यो

अर्थकागज
प्रकाशित: ०८ असोज २०८२
Image description

काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड करिब ५४ घण्टापछि खुलेको छ ।

मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो ५३ घण्टापछि पन्छाएर विहिबार राति १०: ३४ बजेबाट दुइतर्फी संचालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरल विहिबार साँझदेखियो फ्लड लाइट जडान गरेर रातिसम्म पहिरो पन्छाएर यातायात सुचारु गरेको हो ।

मंगलबार दिउसो ४: ५५ बजे ठुलो पहाडै खसेर मुग्लिन नारायणगढ सडक दुईतर्फी नै अवरुद्ध भएको थियो । चाडपर्वको समयमा काठमाडौँ बाहिर जाने मुख्य लाइफलाइन मानिएको यो सडक अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर