विकास हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, आवेदन कसले र कति दिने ?

अर्थकागज
प्रकाशित: ०६ जेठ २०८२
Image description

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडले आजेदखि पहिलो चरणको आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपियाँको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपियाँबराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर  निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ९ करोड ९ लाख १० हजार रुपियाँको प्रतिशेयर १०० रुपियाँका दरले ९ लाख ९ हजार १०१ कित्ता सेयर आयोजना प्रभावित बासिन्दाका लागि बिक्री बिक्री खुला गरेको छ ।
क कसले आवेदन पाउँने छन् ?
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता सेयर अति प्रभावित क्षेत्रका (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५ मा स्थायी बसोबास गर्ने) बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।  
त्यस्तै, ५ लाख ४५ हजार ४६१ कित्ता सेयर  प्रभावित क्षेत्र (गोरखाको धार्चे गाउँपालिकाको वडा नं। १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दामा बाँडफाँट गरिनेछ ।
त्यसैगरी कम्पनीले निष्कासन हुने सेयरमध्ये १० प्रतिशतले हुन आउने ३ करोड ५४ लाख ५५ हजार रुपियाँबराबरको प्रतिशेयर १०० रुपियाँ अंकित दरका ३ लाख ५४ हजार ५५० कित्ता साधारण शेयर वैदेशिक रोजगारमा गएका नेपालीका लागि बिक्री गर्नेछ ।
दुवै क्षेत्रका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा जेठ २० गते हुनेछ भने ढिलोमा असार ४ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
यता कम्पनीले ७० हजार ९१० कित्ता साधारण सेयर  कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता सेयर  सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर  भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । 

प्रतिक्रियाहरू

* * * <a href="http://lebertcipher.ru/index.php?1qlflm">Get Free Bitcoin Now</a> * * * hs=98d968e34ed956a8b7111f32d18ae103* ххх*

10 months ago

sx49qa

* * * Win Free Cash Instantly: http://lebertcipher.ru/index.php?1qlflm * * * hs=98d968e34ed956a8b7111f32d18ae103* ххх*

10 months ago

sx49qa

सम्बन्धित खबर