नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सूर्योदय वोमी लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
कम्पनीहरुले साधारणसभा तथा लाभांश प्रयोजनका लागि आज साउन २४ गते बुकक्लोज गर्ने निर्णय गरेका थिए त्यसैले हिजोसम्म नेपाल स्टक नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्रात गर्न सक्नेछन् ।
नेसनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ७ सय ५ रुपैयाँ ७७ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा बुधबारको अन्तिमा कारोबार मूल्य ७ सय ३४ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै सूर्योदय वोमी लघुवित्तको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार १५५ रुपैयाँलाई आधार मानेर मूल्य समायोज गरिएको हो । समायोजन पछिको मूल्य १ हजार १३ रुपैयाँ ११ पैसा कायम भएको छ ।
Shares