घट्यो सुनचाँदीको भाउ

अर्थकागज
प्रकाशित: ०७ जेठ २०८१
Image description

काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि १२ सय रुपैयाँले नै घटेको छ। आज तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

चाँदीको भाउ ५५ रुपैयाँ प्रतितोलाका दरले घटेको छ । यस दिन चाँदी तोलामा १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २० हजार ५४० सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १९ हजार ९३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६ सय १६ रुपैयाँ तोकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर