रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटलमा २२ करोड ५० लाख लगानी गर्ने

अर्थकागज
प्रकाशित: ०४ चैत २०८०
Image description

काठमाडौं । रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रबर्द्धित रिलायबल प्राइभेट इक्वीटी फण्डबाट धुम्बाराही काठमाडौंअवस्थित, सम्पूर्ण सेवा सुविधा सहित पूर्ण रुपमा सञ्चालनमा रहेको पाँचतारे वर्गको अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ ।

फण्डको तर्फबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झा र अकामा होटलको तर्फबाट होटलका अध्यक्ष विनयकुमार श्रेष्ठले लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

गानी सम्झौता अनुसार, रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटलमा बाइस करोड पचास लाख रुपियाँ लगानी गरी प्राथमिक सार्वजनिक निष्कासन पश्चात् कायम रहने शेयर पूँजीको दश प्रतिशत रकम बराबरको शेयर खरिद गर्नेछ ।

रिलायबल प्राइभेट इक्वीटी फण्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तरगत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो, जसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरको छ ।

यस कोषको मुख्य उद्देश्य सूचिकृत नभएका संस्थाहरुमा लगानी गरी सो संस्थाहरुलाई एक वैकल्पिक वित्तीय श्रोत उपलब्ध गराउनु रहेको छ । 

प्रतिक्रियाहरू

bhazrCSZpxjYAiRK

2 years ago

viJpUfOCosm

bhazrCSZpxjYAiRK

2 years ago

viJpUfOCosm

bhazrCSZpxjYAiRK

2 years ago

viJpUfOCosm

सम्बन्धित खबर